दुई दिवसीय अभिमुखीकरण
बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट २ सुखौरामा बैदेशिक रोजगारसंग सम्बन्धित परिवारका लागि दुई दिवसिय समुदाय स्तरीय अभिमुखीकरण कार्यक्रम भएको छ ।
नेपाल सरकार र स्वीस सरकार बीच भएको द्वीपक्षीय सम्झौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारहरुको नेतृत्व तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तरगत बर्दघाट नगरपालिकाको नेतृत्व र इन्द्रेणी सामाजिक विकास मञ्चको आयोजनामा आइतबारदेखि भएको थियो ।
बर्दघाट वडा नम्बर २ का वडासदस्य प्रेम सोमैको अध्यक्षतामा भएको तालिममा बोल्दै कार्यक्रमका अध्यक्ष सोमैले तालिममा सिकेका कुरा ब्यवहारमा उतार्न अनुरोध गर्दै बैदेशिक रोजगारीका नाममा हुने ठगि अझै पनि नरोकिएको हुदा सबै सचेत हुनुपर्नेमा जोड दिए ।
सुखौरा टोल विकास सस्थाका सचिव अमर श्रीस मगर, भद्रकाली प्रहरी सुखौराका ब्यवस्थापन समिति अध्यक्ष देवान बहादुर गुरुंग लगायतले मन्तब्य राखेका थिए ।
