बेलायतमा कोरोनाका मृतक ६ महिनापछिकै कम


 




लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ महिनायताकै कम भएको छ । सोमबार सार्वजनिक तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण १७ जनाको मात्र मृत्यु भएको छ । दैनिक मृतक संख्याको आधारमा यो संख्या गतवर्ष सेप्टेम्बर २८ पछिकै सबैभन्दा कम हो । गत सेप्टेम्बर २८ मा पनि सोहि संख्यामा मृत्यु भएको उल्लेख छ । यससँगै बेलायतमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार १७२ पुगेको छ ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ५ हजार ३४२ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा कुल संक्रमितको संख्या ४३ लाख नाघेको छ । बेलायतमा हालसम्म ४३ लाख एक हजार ९२५ जना संक्रमित भइसकेको सरकारी तथ्याँकमा उल्लेख छ ।




बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि निरन्तर रुपमा कमी आएको छ । हाल अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या ६ हजार १६२ मा झरेको छ भने भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ८३० रहेको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो २४ घन्टामा ४४० जना कोरोना संक्रमित अस्पताल भर्ना भएका थिए ।




सम्बन्धित
Loading...