भीडभाड हुने कार्यक्रम नगर्न प्रशासन अनुरोध
केन्द्रका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले विज्ञप्ति जारी गर्दै जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन् ।छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढ्दै जाँदा जिल्लामा पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै भीडभाड हुने कार्यक्रम नगर्न आग्रह गरिएको छ ।
जिल्लामा सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठीजस्ता कार्यक्रम नगर्न भनिएको छ । यस्तै प्रशासनले भौतिक दूरी कायम गर्न तथा मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न पनि आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले यस वर्षको होलीपर्व घरमै बसेर मनाउन आग्रह गरेको छ ।