पुल बनाउने क्रममा मृत्यु


मुगम कमारोङ गाउँपालिका ५ सेरोकघाट बस्ने ३१ वर्षीय छिरङ तन्दुप लामाको काठको पुल बनाउने क्रममा पुलबाट खसेर सोमबार दिउँसो मृत्यु भएको छ ।



सोही ठाउँस्थित कर्णाली नदीमा काठको पुल बनाउने क्रममा अचानक पुलबाट खसेको सूचना पछि प्रहरीले उनको खोजी गर्ने क्रममा घटनास्थलदेखि २ सय मिटर टाढा उनको शव फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



सम्बन्धित
Loading...