करिब चार लाख नगदसहित तास खेलिरहेका १६ जना पक्राउ


प्रहरीले तास खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको छ । भक्तपुर र नवलपरासीमा करिब ४ लाख नगदसहित तास खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।



भक्तपुरको चाँगुनारायण नगरपालिका ९ ताथली बस्ने ४५ वर्षीय बिष्णु थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय राजन थापा क्षेत्री लगायत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६५ हजार १ सय ८० रुपैयाँ र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, नवलपरासीको गैंडाकोट नगरपालिका १ मौलाकालिका गेट नजिकै होटल ग्रिन फोरेस्टमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय नवराज क्षेत्री लगायत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख २५ हजार ५ रुपैयाँ, १ हजार ६ सय १० भारतीय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।




यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



सम्बन्धित
Loading...