नेपालमा लामो समयपछि अन्तराष्ट्रिय फुटबल हुँदै, आज उद्घाटन खेल


नेपालमा लामो समयपछि अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आजदेखि सुरु हुदैंछ।



नेपालमा सन २०१९ को डिसेम्बरमा दक्षिण १३ औं दक्षिण एशियाली खेलकुद आयोजना भएपछि अन्तराष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन सकेको थिएन। कोरोना भाईरसको संक्रमणपछि करिब १ वर्ष खेलकुद गतिबिधि ठप्प रुपमा रहेको थियो।

लामो समयपछि नेपाल, बंगलादेश र किर्गिस्तानका टिमहरुको सहभागिता रहेको थ्रि नेशन्स प्रतियोगिता आज अपरान्ह सुरु हुन लागेको हो। प्रतियोगिता अन्तर्गत आज बंगलादेश र किर्गिस्तानबीच खेल हुने कार्यक्रम छ। युवातथा खेलकुद मन्त्री दावा तामाङले आज अपरान्ह ५ बजेर ३० मिनेट जाँदा दशरथ रंगशालामा उदघाटन गर्ने कार्यक्रम रहेको छ।




अखिल नेपाल फुटबल संघले रंगशालमा फुटबल हेर्न आउँदा सबै दर्शकले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने ब्यबस्था गरेको छ। यसैगरी दर्शकहरु ज्वरो नाप्ने, स्यानिटाईजर लगाउनेतथा भौतिक दुरी कायम गर्नु पर्ने छ।

दशरथ रंगशालामा धेरै भिडभाड नहोस भनि प्रत्येक खेलमा  १२ हजार वटा मात्र टिकट बिक्रीका लागि राखिएको छ। दशरथ रंगशालामा मानिसहरु पुरा भरिएको अवस्थामा करिव २५ हजार दर्शकहरु अटने भएपनि कोभिड १९ को कारण भौतिक उपस्थित कम होस भन्ने लक्ष्य राखिएको छ।

तर टिकटको दर भने मंहगो भएको दर्शकहरुले गुनासो गरेका छन। साधारण प्याराफिटतर्फ ७ सय र भिआईपीतर्फ १५ रुपैंयाम टिकटको मुल्य राखिएको छ। टिकट अनलाईनबाट बिक्री गरिनाले दर्शकहरुलाई सुबिधा पुगेको छ। नेपालको खेल भएको बेलातथा अन्तिम खेलमा भने बढी टिकट बिक्री हुने आंकलन गरिएको छ।

प्रतियोगिता अन्तर्गत नेपाल र किर्गिस्तान चैत्र १२ गतेतथा नेपाल र बंगलादेशबीच चैत्र १४ गते खेल हुने कार्यक्रम रहेको छ। नेपाली टिमलाई प्रशिक्षक बालगोपाल महर्जनले प्रशिक्षण दिएका छन भने नेपाली टिमको कप्तानमा अनन्त तामाङ रहेका छन। प्रतियोगिताको फाईनल खेल  चैत्र १६ गते हुनेछ।

आज तथा अन्य ३ वटा खेलहरुको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्दैछ।



सम्बन्धित
Loading...