कृषिको विकासका लागि ठूलो लगानी आवश्यकः मन्त्री अर्याल


कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले किसानलाई नोक्सान नहुने गरी कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउनुपर्ने बताएकी छिन् ।



खाद्यका लागि कृषि अभियानले गरेको कृषि विकासका समसामयिक सवालहरु छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कृषि क्षेत्रको विकासका लागि ठूलो लगानी जरुरी भएकोले देशका किसानलाई नोक्सान नहुने गरी कृषिमा विदेशी लगानी भित्र्याउनुपर्ने बताएकी हुन् ।
कृषिको विकासका लागि आवश्यक लगानी सरकारको सामथ्र्यले नपुगेको भन्दै विदेशी लगानीलाई आकर्षित गर्नुपर्ने उनको भनाइ छ । किसानलाई नोक्सान हुने क्षेत्रमा नदिने गरी, किसानलाई संरक्षण गर्नेगरी नेपालीले लगानी गर्न नसकेको क्षेत्रमा विदेशी लगानी भित्राउने उनले बताइन् ।

“हाम्रा साना व्यवसायी किसानहरुलाई मार्नेगरी होइन” उनले भनिन्, “उहाँहरुको संरक्षण र थप विकास गर्नेगरी, कृषि क्षेत्रको सम्भावना भएपनि ठूलो लगानीको जरुरी पनि छ तर हाम्रो आन्तरिक क्षमता नभएकाले वैदेशिक लगानी भित्र्नुपर्छ ।”




मन्त्री अर्यालले कोभिड–१९ का कारण विदेशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका युवाहरुलाई हजारौंको संख्यामा रोजगारी सिर्जना गर्ने पनि बताइन् । “कोभिड १९ का कारणले वैदेशिक रोजगारीबाट विस्थापित भएर स्वदेश फर्केका युवाहरुलाई रोजगारीको कार्यक्रम लिएर अगाडी बढेका छौं” उनले भनिन्, “फार्मको रुपमा, ठूला ठूला फार्महरु व्यवसायिक हिसाबले लैजानेगरी हजारौ जना युवाहरुलाई हामी रोजगारी दिनेगरी, उहाँहरुको पनि लगानी राज्यको पनि लगानी गर्नेगरी अगाडी बढेका छौँ ।”
मन्त्री अर्यालले कृषि क्षेत्र उकालो लागेको दाबी पनि गरिन् । तत्कालै रासायनिक मलको विस्थापित गर्न नसकिने भएकाले प्रांगागिक मलको उत्पादन गर्न अभियान चलाउनुपर्ने उनको भनाइ छ । समयसापेक्ष कृषि नीति परिमार्जन गर्ने चरणमा मन्त्रालय रहेको पनि उनले बताइन् ।



सम्बन्धित
Loading...