कोरोनाकाललाई फर्केर हेर्दा : अझै तङ्ग्रिन सकेन चितवन




भरतपुर । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस कोभिड–१९ को त्राससँगै नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन)को आज बुधबार एक वर्ष पुगेको छ । यो अवधिमा चितवन जिल्लाको स्वास्थ्य, शिक्षा, कृषि पर्यटन, उद्योग, व्यापार, व्यवसाय तथा मनोरञ्जनका क्षेत्रसमेत धराशायी बन्न पुगेका छन् । जसका कारण आजसम्म कुनै क्षेत्र तङ्ग्रिन सकेको छैन ।

२०७७ सालको वैशाख ५ गते राप्ती नगरपालिका–८ का आमाछोरामा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि भयो । त्यसयता सङ्क्रमितको संख्या थपिँदै गएको छ । हालसम्म ४६ हजार १९ वटा नमुनाको परीक्षण हुँदा छ हजार ८९९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।




सङ्क्रमितमध्ये ११० जनाले ज्यान गुमाए भने ६ हजार ७६५ जना सङ्क्रमणमुक्त भए । कुल सङ्क्रमितमध्ये चार हजार ८४ जना पुरूष छन् भने बाँकी महिला छन् । अहिले जम्मा २४ जना सक्रिय सङ्क्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले जानकारी दिए ।

 



सम्बन्धित
Loading...