नवलपुरमा स्कुल बसकाे ठक्करबाट एक जना बालककाे निधन


नवलपुर । पूर्वी नवलपरासीकाे हुप्सेकाेट गाउँपालिका २ मा लाेकसेवा माविकाे स्कुल बसकाे ठक्करबाट एक जना बालककाे निधन भएकाे छ ।



चाेरमाराबाट हुप्सेकाेट जाँदै गरेकाे मध्यविन्दु ९ बसन्तपुरकाे लाेकसेवा माविकाे लु १ क ३९९९ नम्बरकाे बसले हुप्सेकाेट २ दन्दरमा ठक्कर दिँदा हुप्सेकाेट २ निवासी सुकमाया परियारकाे ३ बर्षीय छाेरा कृष परियारकाे घटना स्थलमै निधन भएकाे हाे ।

चालक फरार रहेकाे र बस हुप्सेकाेट प्रहरी चाैकीकाे नियन्त्रणमा रहेकाे नवलपुर प्रहरीले जनाएकाे छ ।



सम्बन्धित
Loading...