टर्चको बल्सभित्र सुन लुकाई ल्याएका दुई जना पक्राउ




अवैध रुपमा लुकाई छिपाई ल्याएको १ थान सुन टुक्रा र १ थान बालासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियाबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा धादिङ गजुरी गाउँपालिका–५ स्थायी वतन भएका ३३ वर्षीय रमेश सापकोटा र सिन्धुली सुनकोशी गाउँपालिका–८ स्थायी वतन भई काठमाडौं कपन बस्ने २८ वर्षीय निर्दोश कुमार थिङ रहेका छन् ।




नेपाल एयरलाइन्सको उडानद्वारा दुवईबाट काठमाडौं आएका राहदानी नम्बर ०९०२६३०८ वाहक सापकोटाले टर्च लाईटभित्रको ब्याट्रिभित्र फल्स बटम बनाई र ल्यापटप ब्यागभित्र लुकाई अबैध रुपमा भन्सार छली ल्याएको उक्त टुक्रा तथा बाला संकलनको लागि उभिएका निर्दोश कुमार थिङलाई दिँदै÷लिदै गरेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूमाथि अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।



सम्बन्धित
Loading...