नौ दिनदेखि बेपत्ता छन नारायण बस्याल
नवलपुर चैत १२ –
देवचुली नगरपालिका वडा नम्बर ३ का नारायण बस्याल ९ दिनदेखि सम्पर्क विहिन भएका छन । बुटवलमा व्यवशाय गर्दे आएका देवचुलीका बस्याल घर आएको समयमा बेपत्ता भएको परिवारका सदस्यले जानकारी गराएका छन ।
चैत ४ गते बुटवल स्थीत लक्ष्मीनगरबाट बेपत्ता भएका बस्याल ६ गते साझ ८ बजे दुम्कौलीमा देखिएको भए पनि हालसम्म सम्पर्कमा नआएको भन्दै उनका परिवाले खोजी गरिदिन प्रहरी निवेदन दिए पनि ९ दिन पुगिसक्दा पनि सम्पर्कमा नआएको बताए ।
उनका भाइ मदन बस्यालका अनुसार बुटवलमा व्यवशाय गरेका दाजु कालिका स्कुलबाट विहान १० बजेर ४८ मिनेटमा निस्कीएको र १० बजेर ५२ मिनेटमा जयकुटीमा देखिएको बताए । अन्तिममा बुटवल स्थीत दिव्यनगरमा मोटरसाइकल फेला परेको बताए ।
चैत ५ गते बेलुका साढे ८ बजे बजे चौधरी उद्योग दोस्रो गेटमा लोकेसन देखिएको र सो दिन देखि सम्पर्कमा नआएको बताए ।
३० वर्षका नारायण बस्याललाई देख्नेले नजिकको प्रहरी चौकी वा परिवारका सदस्य धर्मागत बस्यालको सम्पर्क नम्बर ९८६७१८३६७९ मा सम्पर्क गरिदिन पनि अनुरोध गरेका छन ।
