रौतहटको बोधीमाईमा आगलागी हुँदा दुई घर जलेर नष्ट


रौतहटको बोधीमाई नगरपालिका अन्तर्गत आगलागीबाट दुईघर जलेर नष्ट भएको छ ।



लामखुट्टे धपाउन बालिएको घुरबाट सल्किएर दुई घरमा भएको आगलागीले लाखौँ बराबरको क्षति भएको छ । बोधीमाई– ९ सरमुजवाका जोखु बैठा र बदरी यादवको एउटा  खपडा र एउटा फुसको घरमा आगलागी भएको प्रहरी चौकी बंकुलका असई राजहरन यादवले बताए ।

आगलागीबाट दुवैको घरमा रहेको अन्न, लत्ताकपडा लगायतका सामान जलेर तीन लाख बराबरको क्षति भएको असई यादवले जानकारी दिए ।




बिहीबार साँझ ७ बजे सुरु भएको आगलागी बारा सिमरौनगढबाट गएको  दमकल स्थानीय र प्रहरीको सहयोगमा झन्डै १ घन्टा भित्र नियन्त्रण भएको छ ।



सम्बन्धित
Loading...