स्मल ह्याभनको गाडीले ठक्कर दिँदा बुलिङटार ३ का बस्ताकोटी गम्भीर घाइते




गैँडाकोट, चैत १३ । चितवनको भरतपुरमा रहेको स्मल ह्याभन बोर्डिङ स्कुलको गाडीले आज विहान ९ बजेतिर पैदल यात्रीलाई ठक्कर दिएको छ ।

विद्यार्थी लिएर गैँडाकोटबाट विद्यालय तर्फ जाँदै गरेको ना ४ ख ३४६७ नम्वरको बसले काँग्रेस चोकमा पैदलयात्रीलाई ठक्कर दिएको हो ।




ठक्करबाट पैदल यात्री नवलपुर जिल्ला बुलिङ्टार गाउँपालिका वडानम्वर ३ बस्ने निरज बस्ताकोटी गम्भीर घाइते हुनुभएको प्रहरीले जनाएको छ ।बस्ताकोटीको बाँया हात र खुट्टामा गम्भिर चोट लागेको चिकित्सकले जानकारी दिएको प्रहरीको भनाई छ ।

उहाँको नयाँ मेडिकल कलेजमा उपचार जारी रहेको र ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय गैँडाकोटको नियन्त्रणमा रहेको छ ।



सम्बन्धित
Loading...