सर्लाहीमा युवकको हत्या गरेको आरोपमा दुई जना पक्राउ
सर्लाहीमा टाउको काटेर युवकको हत्या गरेको आरोपमा दुुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको मलङ्गवा नगरपालिका-९ निवासी ४५ वर्षीय कमल पण्डित उर्फ विमलकान्त पाठक र ४० वर्षीय भारतीय नागरिक अशोक झा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।
बुधबार रातिदेखि बेपत्ता रहेका मलंगवा नगरपालिका-१० का ३० वर्षीय सुशील रायको शव बिहीबार बिहान मलंगवा नगरपालिका–९ स्थित खेतमा टाउको काटिएको अवस्थामा भेटिएको थियो।
प्रहरीका अनुसार ती दुबै जनालाई हिजो साँझ नै पक्राउ गरिएको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा मृतक र आरोपितद्वय लागुऔषध प्रयोगकर्ता भएको पाइएको प्रहरी उपरीक्षक राठौरले बताए।मृतकको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टमपछि राति नै परिवारजनलाई बुझाइसकेको उनले बताए।
