धुलिखेल अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना सङ्क्रमण




निमोनियाका कारण धुलिखेल अस्पतालमा उपचाररत दोलखाका एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा बिहीबार मृत्यु भएका ६२ वर्षीय पुरुषको कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

दोलखाको विगू गाउँपालिका निवासी ती पुरुष निमोनियाको लक्षण देखिएपछि उपचारार्थ बुधबार राति काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल भर्ना हुनुभएको र उनको उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो । मृत्युपछि शङ्का लागेर कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको अस्पतालका आकस्मिक विभाग प्रमुख डा सानुकृष्ण श्रेष्ठले जानकारी दिए।




थप सुरक्षाका मापदण्ड अपनाई अस्पतालको सेवालाई निरन्तरता दिइएको अस्पतालले जनाएको छ । निधनपश्चात् कोरोना पुष्टि भएको पुरुषको शवलाई नेपाली सेनाको टोलीले अन्त्यष्टि गरिएको छ ।

यसैबीच, जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोष्टको आकस्मिक बैठकले अस्पताललाई थप सुरक्षाका मापदण्ड अपनाई सेवा प्रवाह गर्न आग्रह गरेको छ । अस्पताललगायत क्षेत्रमा सावधानी अपनाउन र स्थानीय तहलाई थप सेचतना बढाउन आग्रह गरिएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए।



सम्बन्धित
Loading...