१२ वर्षपछि आमा-छोराको पुनर्मिलन




कैलालीमा ७ वर्षको उमेरमा घरदेखि बेपत्ता एक जना १२ वर्षपछि फेला परेका छन्।

घोडाघोडी नगरपालिका- १० पहलमानपुरका गीता देवी शाहीका सात वर्षको उमेरमा बेपत्ता भएका छोरा कैलाश शाही फेला परेका हुन्।




उनी घरबाट २०६५ सालमा बेपता भएका थिए।

बेपत्ता भएपछि उनले दिल्लीमा  दुई वर्ष सडक बालबालिकाको रूपमा जीवन बिताएका थिए। पछि भारतको लुधियानामा रहेको सडक बालबालिका उद्दार गर्ने एक संस्थाले उनको उद्धार गरेको थियो।

त्यसपछि उनी त्यही संस्थामा आश्रित थिए।

उनको खोजतलास गर्दै जाँदा विभिन्न संघ संस्था र प्रहरीको सहयोगमा निजलाई फेला पारेर नेपाल ल्याएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

उनलाई बिहीबार प्रहरीले आमाको जिम्मा लगाएको  छ।



सम्बन्धित
Loading...