श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ




खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोपमा सुनसरीको धरान उपमहानगरपालिका घर भएका तिलबहादुर माझीलाई प्रहरीले पक्राउ गरेको छ । ३७ वर्षीय माझीलाई बिहिबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनले खुकुरी प्रहार गरेर पत्नी कमला माझीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

खुकुरी प्रहारबाट गम्भिर घाइते भएकी ३१ वर्षीया कमलाको उपचारको क्रममा धरानस्थित अस्पतालमा मृत्यु भएको थियो । हत्याको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । घटनाबारे अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...