नवलपुरकाे हुप्सेकाेटमा बाेलेराे दुर्घटना ८ जना घाईते




नवलपुर । पूर्वी नवलपरासीकाे हुप्सेकाेट ४ तारेघाटमा बाेलेराे दुर्घटना हुँदा ८ जना घाईते भएकाे छ।

तारेघाट स्थित कच्ची सडकखण्डमा दक्षिणबाट उत्तर तर्फ जादैँ गरेको लु १ ज ३८६४ नं. को बलेरो गाडी आफैँ अनियन्त्रित भई पल्टँदा ८ जना घाईते भएकाे नवलपुर प्रहरीले जनाएकाे छ ।




घाईतेहरूकाे मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेकाे छ।

दुर्घटनामा परी हुप्सेकोट-२ बस्ने बर्ष २६ को रेशम सुनारी, हुप्सेकाेट-४ बस्ने बर्ष ३३ की निरमाया राना, हुप्सेकाेट ४ की बर्ष १० की प्रमिसा सारु, बर्ष ३८ को यम बहादुर सारु मगर, बर्ष २६ की सुमित्रा सारु, बर्ष १४ की लक्ष्मी सारु, हुप्सेकाेट १ बस्ने बर्ष ३२ की तिलमाया सारु र चितवनकाे भरतपुर-४ बस्ने बर्ष ४३ की चिनमाया मगर घाईते भएका छन् ।



सम्बन्धित
Loading...