क्यानडाको पुस्तकालयमा चक्कू प्रहारः एकको मृत्यु, पाँच घाइते




क्यानडाको भ्यानकूवर शहरमा एक सार्वजनिक पुस्तकालमा चक्कू प्रहार हुँदा एक महिलाको मृत्यु भएको छ भने पाँच अन्य घाइते भएका छन् ।उक्त पुस्तकालय व्यस्त बजार नजिकै छ ।

प्रहरीले हमलाका संदिग्धलाई हिरासतमा लिएको जानकारी दिएका छन् ।




समाचार एजेन्सी रोयटर्सका अनुसार हमला दिउँसो भएको हो । प्रहरीले प्रत्यक्षदर्शीलाई अनुसन्धानमा सहयोग गर्न अपिल गरेका छन् । केही मानिसहरुले घटनाको भिडियो बनाएका थिए । यसलाई पछि सोसल मिडियामा पनि पोस्ट गरिएको छ ।

वरिष्ठ प्रहरी अधिकारी फ्रेन्क जंगले एक पत्रकार सम्मेलनमा भने, ‘चक्कू हमलामा ६ पीडित घाइते भएका थिए । एक पीडितको मृत्यु भयो । पीडित एक महिला थिइन् ।’



सम्बन्धित
Loading...