पर्यटकले क्वारेन्टाइन बस्नु नपर्ने
सरकारले जारी गरेको ‘पर्यटकको आगमनलाई व्यवस्थित गर्ने सम्वन्धी मापदण्ड’ २०७७ जारी गर्दै पर्यटकले छुट्टै होमक्वारेन्टाइन बस्नु नपर्ने उल्लेख गरेको छ । नेपाल प्रवेश गर्ने पर्यटकले अनिवार्य रुपमा पिसिआर जाँच गर्नु पर्ने र रिपोर्ट आउने सम्म होटलमै बस्नु पर्ने भए पनि थप क्वारेन्टाइन भने बस्न नपर्ने उल्लेख गरेको छ । 
पिसिआर रिपोर्ट प्राप्त गर्न धेरै समय पर्खनु पर्ने भए पछि पर्यटकहरुले होटलमै बस्नु पर्ने बाध्यता समेत हटेको छ । नेपाल भिति्रने पर्यटकले सम्वनि्धत देशबाट ७२ घण्टा अवधिको पिसिआर नेगेटिभ रिपोर्ट र खोप लगाएको कागजात अनिवार्य देखाउनु पर्ने छ । रिपोर्टको पखाइसम्म होटलमा बस्नु पर्ने भने पनि थप क्वारेन्टाइननै बस्नु पर्ने व्यवस्था हटाए पछि पर्यटन व्यवसायिहरु मापदण्डको स्वागत गरेका छन् । पर्यटन व्यवसायि लाक्पा शेर्पा पर्यटकले मापदण्ड अपनाउनु ठुलो विषय भएन तर अनुगमन कडाइ गर्नु मुख्य भएको भन्दै मादण्डलाई पुर्ण रुपमा पालना गराउन सरकार लागि पर्नु पर्ने उनको सुझाव छ ।
पिसिआर रिपोर्ट नेगेटिभ आए पछि पर्यटकले आफ्नो तोकिएको गन्तव्यमा पदयात्रा गर्न पाउने छन् भने रिपोर्ट पोजेटिभ आए नेगेटिभ आउने अवधिभर अनिवार्य रुपमा क्वारेन्टाइन बस्नु पर्ने मापदण्डले तोकेको छ । एजेन्सीले यात्रा अवधिभर गाइडको समेत एक लाख रुपैयाँको कोरोना विमा अनिवार्य गरेको छ ।
नेपाल आउने पर्यटकले आउनु पुर्वनै अनिवार्य अगि्रम जानकारी सहितको विवरण पर्यटन विभाग र नेपाल पर्यटन बोर्डमा पेश गर्नु पर्ने भएको छ । नेपालमा रहेका एजेन्सीले पर्यटकका लागि होटल सुनिसि्चत भएको अगि्रम जानकारी, पर्यटकीय गतिविधिमा सहभागि बन्ने विवरण टिम्स कार्डको जानकारी अनिवार्य पेश गर्नु पर्ने भएको छ ।
मापदण्डले पर्यटकको सम्पुर्ण निगरनी र उपचारको जिम्मा समेत सम्बनि्धत एजेन्सी वा संस्थालेनै गर्नु पर्ने उल्लेख गरेको छ । पर्यटकलाई स्वास्थ्य सम्बनि्ध मापदण्ड पालना गराउने पर्ने जिम्मा पनि एजेन्सीलाईनै तोकेको छ ।