कृषकलाई चार सय आधुनिक मौरीको घार वितरण





सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–८ देउसाका दुई सय कृषकलाई मौरी पालनका लागि आधुनिक घार वितरण गरिएको छ । व्यवसायिक मौरीपालनतर्फ किसानलाई आकर्षित गर्न दुई सय कृषकहरूलाई चार सय थान आधुनिक घार वितरण गरिएको हो ।

पाँच दिने तालिमसँगै मौरीको आधुनिक घार पाएपछि कृषकहरू हर्षित बनेका छन् । अहिलेसम्म परम्परागत रूपका घारमा मात्र मौरी राख्दै आएकोमा आधुनिक घार पाएपछि स्थानीय रामवीर राईले खुशी लागेको बताउनुभयो । व्यवसायिक मौरीपालनका लागि स्थानीय सरकारले वडा नं. ७ देउसालाई तोरी पकेट क्षेत्रको कार्यक्रम अघि बढाएको छ ।


घार वितरण गर्दै गाउँपालिका अध्यक्ष असिम राईले निर्वाहमुखी कृषिलाई सुधार गर्दै व्यवसायिकतातर्फ लाग्न कृषकलाई प्रोत्साहन गरिने बताउनुभयो । नागरिकको आर्थिकस्तर उकास्नका लागि कृषिमा व्यवसायिकता आवश्यकता भएको औल्याउँदै उहाँले प्राथमिकताको साथ काम गर्दै दावी गर्नुभयो ।

देउसा कृषि वन स्रोत केन्द्रलाई अभिभावक मानेर हरेक वडामा कृषि वन स्रोत केन्द्र स्थापनालाई कार्यान्वयनमा ल्याएको भन्दै गाउँपालिकाका नागरिकलाई कृषि र वनको माध्यमबाट धनी बनाउने सपना बोकेर जनप्रतिनिधिहरू लागि परेको उहाँको दावी छ । कृषिको अलवा स्थानीय सरकारले पुर्वाधार विकास, स्वास्थ्य, शिक्षा र खेलकुदमा महसुस गर्न सकिने गरी काम गरिरहेको जनप्रतिनिधिहरूको भनाइ छ ।




सम्बन्धित
Loading...