क्रिकेट रंगशालाको प्याराफिट ढलानमा धुर्मुसको खुशी


चारवटा एकीकृत नमूना वस्ती निर्माण पछि धुर्मुस–सुन्तली फाउण्डेसन चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्माणमा व्यस्त छ ।



फाउण्डेसका प्रमुख अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’सहित दर्जनौं कामदार रंगशाला निर्माणमा सक्रिय भएर लागि परेका छन् ।

कोभिड महामारीको समयमा पनि उनीहरु स्वास्थ्य सुरक्षा अपनाएर रंगशाला निर्माणमा खटिए । यिनै धुर्मुसले सामाजिक सञ्जाल फेसबुकमा पहिलो चरणको प्याराफिट निर्माण चरणको तस्वीर राखेका छन् ।




तस्वीरमा उनी र रंगशालाको साइट मेनेजर सुरेन्द्र सुवेदीसहित कामदारहरु रात्रीकालिन समयमा काममा व्यस्त देखिन्छन् ।

 

 

 



सम्बन्धित
Loading...