गोंगबुमा एक युवालाई निर्घात कुट्नेहरु पक्राउ




काठमाडौंको गोंगबुमा एक युवालाई निर्घात कुटिएका तीन युवा पक्राउ परेका छन् ।

सुनसरी घर भएका अमर लिम्बुलाई ती युवाहरुको जमातले निर्घात कुटेका थिए । होलीका दिन बाटोमा हिँडेरहेको पत्नीलाई जिस्काएपछि प्रतिकार गर्दा युवाहरुको एक समूहले उनलाई निर्घात कुटेका हुन् ।




अमरलाई निर्घात कुटिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि काठमाडौं प्रहरीले अनुसन्धान थालेको थियो । सामाजिक सञ्जालबाट घटना सार्वजनिक भएपछि कुटपिटमा संलग्न ३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले जानकारी दिए ।

तनहुँ घर भई वनस्थली बस्ने वर्ष २२ का भरत गुरुङ, ढुंगेधारा बस्ने २५ वर्षीय सोमबहादुर गुरुङ र धापासी बस्ने २५ वर्षीय दीपेन्द्र कुमार थापालाई उक्त घटनाको एक घण्टाभित्र पक्राउ गरिएको उनले बताए । उनीहरुमाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित
Loading...