देवचुलीमा दोस्रो मेयरकप फुटबलः उद्घाटन खेलमा रजहर विजयी

आजको खेल फारम निलो र केउरानी युवा क्लबबीच हुने




देवचुली । देवचुली नगरपालिकामा दोस्रो मेयर कप फुटबल प्रतियोगिता मंगलबारबाट सुरु भएको छ ।

देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र फारम खेलकुद विकास समितिको सह आयोजनामा वरचुली माविको खेलमैदान फारममा सञ्चालन भएको युनाईटेड रजहर फुटबल क्लब र नारायणी युवा क्लब उदघाटन खेलमा युनाईटेड रजहर फुटबल क्लब २–१ गोलले विजयी भएको छ ।




उद्घाटन खेलमा युनाईटेड रजहर फुटबल क्लबका सागर अधिकारी म्यान अफ दि म्याच भएका थिए ।

देवचुली नगरपालिकाका १६ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद ७५ हजार रुपैयाँ पुरस्कार राशी पाउने छन् ।

सेमिफाइनलमा पुग्ने टिमले २०/२० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।  आजको खेल फारम निलो र केउरानी युवा क्लबबीच हुने खेल संयोजक विष्णुकुमार वाग्लेले जानकारी दिए ।

प्रतियोगिताको नगरप्रमुख पुर्णकुमार श्रेष्ठले उद्घाटन गर्दै युवाहरुको क्षमता विकासका लागि खेलक्षेत्र महत्वपूर्ण हुनेमा जोड दिएका थिए ।



सम्बन्धित
Loading...