एटीम ह्याक गरी पैसा निकाल्न खाेजेकाे आराेपमा चिनियाँ नागरिक पक्राउ


१८ चैत, काठमाडौं।  एटिम मेसिन ह्याक गरी पैसा निकाल्न खाेजेकाे आराेपमा चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्ग र काठमाडौं परिसरको टोलीले विशेष सूचनाको आधारमा २९ वर्षीय वाङ जियोलोङलाई ठमेलको ज्याठाबाट पक्राउ गरेको हो।



उनले ज्याठास्थित मेगा बैकको एटीएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्न खोजेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट मोबाइल ४ थान, बिभिन्न किसिमका १० वटा चाबीहरुसहितको झुप्पा १ थान, चाइनिज युआन २ हजार ३ सय ८२ , अमेरिकी डलर ६५ र नेपाली २ हजार ११० रुपैयाँ बरामद गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित
Loading...