देवचुली मेयर कपः दोस्रो दिनको खेलमा केउरानी ट्राइबेकरमा विजयी


कृशला सापकोटा –



नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा भएको देवचुली मेयर कप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा केउरानी युवा क्लब विजयी भएको छ ।




केउरानी युवा क्लब र फारम निलोबीच भएको खेल निर्धारित समयसम्म १–१ गोलको बराबरीमा रोकिए पछि खेल ट्राइबेकरमा टुंगाइएको थियो ।

ट्राइबेकरमा केउरानी युवा क्लब ४–२ गोल अन्तरले विजयी भएको देवचुली नगरपालिकाको युवा तथा खेलकुद विकास समितिका अध्यक्ष भिमलाल तिवारीले बताए ।

देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र फारम खेलकुद विकास समितिको सहआयोजनामा भएको प्रतियोगिताको मंगलबार भएको उद्घाटन खेलमा रजहर विजयी भएको थियो ।

आजको खेलमा केउरानी युवा क्लबका नवीन राना म्यान अफ दि म्याच भएका थिए ।

नवलपुर जिल्लाका १६ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख ५० हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ७५ हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ । सेमीफाइनलमा पुग्ने टिमले २० हजार प्राप्त गर्नेछन् ।

त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक, सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । भोलिको खेल देवचुली निलो र भानु एकता युवा क्लबबीच हुने खेल संयोजक विष्णुकुमार वाग्लेले जानकारी दिए ।



सम्बन्धित
Loading...