उदयपुरको विकट गाउँमा पहिलो पटक विजुली


उदयपुर स्थित उदयपुर गढी गाउँपालिकाको दुर्गम गाउँमा पहिलोपटक बिजुली पुगेको छ । गाउँमा विजुली पुगेपछि अन्धकारबाट मुक्त भएका स्थानीय बासीहरु खुसि भएका छन् ।



उदयपुर गढीको विकट गाउँ घ्याम्पे, भलायाडाँडा, मैनीटार, पात्ले र सत्यवती गरी पाँच गाउँमा पहिलोपटक बिहीबार बिजुली पुगेको हो ।

करिब एक ५० घरधुरीमा बिहीबार बिजुली पुगेको उदयपुर गढी गाउँपालिकाका उपाध्यक्ष सानुकुमारी राउतले बताउँनु भयो ।




कूल एक करोड २७ लाख रुपैयाँको लागतमा दुर्गम गाउँमा विद्युत् विस्तार गरिएको हो ।

प्रदेश १ सरकारको एक करोड २० लाख रुपैयाँ र बलान सामुदायिक वनको सात सात लाख रुपैयाँ जम्मा भएको थियो ।

मैनीटारका ६७ वर्षीय गणेश अधिकारीले पहिलोपटक बिजुली बलेपछि सगाउँमा बिजुली आउँछ भन्ने कुरा सपनामा पनि नसोचेको बताउँनु भयो ।

विद्युत् विस्तार सिरहाको लहान शाखाको बलान कद्माहा खण्ड हुँदै उदयपुर गढी गाउँपालिकाको दुर्गम गाउँसम्म भएको छ।

 



सम्बन्धित
Loading...