राष्ट्रपतिले मेलम्चीको पानी वितरणको औपचारिक उदघाटन गर्दै


मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उदघाटन शुक्रबार गरिँदै छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट पानी वितरणको औपचारिक उदघाटन गर्न लागेकी हुन् ।



भृकुटीमण्डपमा नवनिर्मित धारा खोलेर मेलम्चीको पानी वितरणको उदघाटन गर्ने कार्यक्रम छ ।

मेलम्चीको पानी वितरण समारोह दिउँसो दुई बजे राखिएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने छन् ।




मेलम्चीको पानी काठमाडौं उपत्यकामा यही चैत १५ गतेबाट परीक्षणका रुपमा वितरण गर्न थालिएको थियो ।

भृकुटीमण्डपमा बनाइएको सार्वजनिक धारोमा चौबीसै घण्टा पानी आउने व्यवस्था गरिएको छ ।



सम्बन्धित
Loading...