सरावलमा मानव सेवा संस्थाको उद्घाटन




सुरेश यादव –
परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ६ रामपुर खडौनामा अलहुदा संस्था ( मानव सेवा संस्था) को उद्घाटन गरिएको छ ।

अल हुदा संस्थाका अध्यक्ष अतारु रहेमानको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले संस्थाको उद्घाटन गरेका हुन् ।




कार्यक्रममा सरावल गाउँपालिकाका उपाध्यक्ष उत्तमा राय, प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल, जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका उपप्रमुख अब्दुल रहमान चुरिहार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सरावल गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष कैलाश यादव, पूर्व गाविस अध्यक्ष हैदर अलि मोमिन र सुभान अलि अन्सारी , मदरसा नुरुल उलुम अध्यक्ष मौलाना मोहम्द उस्मान, खालिद अलि र डब्लु यादव लगायतको उपस्थिति रहेको थियो ।



सम्बन्धित
Loading...