प्रदेश सरकार र महासंघको सहकार्यमा कर्णालीमा लगानी सम्मेलन आयोजना हुने
नेपाल उद्योग वाणिज्य महासंघ र कर्णाली प्रदेशको संयुक्त आयोजनामा कर्णालीमा लगानी सम्मेलन आयोजना हुने भएको छ । कृषि, पर्यटन, जडिबुटी, जलविद्युत लगायतका क्षेत्रमा लगानीको प्रवद्र्धन गर्दै समग्र प्रदेशको आर्थिक उत्थानका लागि सम्मेलन आयोजना हुन लागेको हो । 
हालैमात्र राजधानीमा महासंघका अध्यक्ष शेखर गोल्छासहितको टोलीले कर्णाली योजना आयोगका उपाध्यक्ष डा.सर्वराज खड्कासहितको आयोगको टोलीसँग भेट गरी लगानी सम्बन्धी सहमति गरेका छन् ।
सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले कर्णालीमा लगानीको पर्याप्त सम्भावना रहेको बताउँदै उक्त क्षेत्रको आर्थिक विकासमा महासंघले उचित भूमिका खेल्ने र त्यसका लागि सरकारले सहजीकरण गरिदिनुपर्ने बताए ।
लगानीकर्ताहरूले कृषि, पर्यटन, जडिबुटी, जलविद्युत लगायतका क्षेत्रमा लगानी गर्ने समेत अध्यक्ष गोल्छाले बताए । उनले लगानीकर्ताहरुसँग महासंघले सहजीकरण गर्ने समेत जानकारी दिए ।