लागुपदार्थ बिरुद्ध मञ्चीय नाटक
सरावल । पश्चिमी नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ गोबरहियामा लागुऔषध विरुद्ध मञ्चिय नाटक प्रदर्शन गरिएको छ ।
कालिका संवाद केन्द्रको आयोजना तथा एबिसि नेपाल, स्ट्रोम फाउन्डेसनको आर्थिक सहयोग र सरावल गाउँपालिकाको सहकार्यमा लागुपदार्थ बिरुद्ध नाटक प्रदर्शन गरिएको हो ।
कालिका संवाद केन्द्रका एस एस टि सदस्य शान्ति चौधरीको अध्यक्षता तथा सरावल गाउँपालिका वडा नम्बर ४ का वडा सचिव अशोककुमार पाण्डेयको प्रमुख अतिथता र समाजसेवी सुखाडि प्रसाद चौधरीको लगायतका आतिथ्यतामा नाटक प्रदर्शन भएको थियो ।
