जीप दुर्घटनामा दुई जनाको मृत्यु


पाल्पाको तानसेन नगरपालिका ७ काजिपौवा स्थित भित्री कच्ची सडकखण्डमा कुखुरा बोक्ने पिकअप जीप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।



सोमबार राती करिव साढे १२ वजेको समयमा कुखुरा बोकेको लु २ च ६३२ नम्बरको पिकअप जीप दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परि जीपका चालक पाल्पा बगनासकाली गाउँपालिका ४ का २० वर्षीय बिजय आम्चा र रिब्दीकोट ४ का २७ वर्षीय राज थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।




उक्त जीप सडकदेखि २० मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनु भयो ।



सम्बन्धित
Loading...