आदिवासी जनजाति नवलपुरको ध्यानाकर्षण


कावासोती । नेपाल विद्युत प्राधिकरण हेटौडा भरतपुर वर्दघाट २ सय २० के.भी. प्रसारण लाईन आयोजना र पुर्बी नवलपरासीका बिभिन्न स्थानका स्थानीय बीच देखिएका बिबाद प्रति नेपाल आदिवासी जनजाति महासँघ नवलपुरले ध्यानाकर्षण जनाएको छ ।



जिल्लाका आदिवासी जनजाति समुदायको मागलाई सम्वोधन नगरि बिद्युत लाइन बिस्तार कार्य अगाडी बढाएकोप्रति महासँघले प्रेस बिज्ञप्ति मार्फत ध्यानाकर्षण जनाएको हो ।

स्थानीयहरुको हक र अधिकारलाई बेवास्ता गर्दै कार्य अगाडि बढाएको र प्रहरी प्रशासनको दुरुपयोग गरी स्थानीयहरु प्रति दमन गरेको प्रति पनि बिज्ञप्तिमा खेद ब्यक्त गरिएको छ ।




सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक एकताको परिकल्पना गरिरहेको अवस्थामा नेपालको संविधान २०७२ को मौलिक हक र कर्तव्य अन्तर्गतका धाराहरुको उल्लंघन हुनेगरी र नेपाल पक्ष राष्ट्र भएका अन्तराष्ट्रिय श्रम संगठन १६९, संयुक्त राष्ट्रसंघ घोषणापत्र २००७ लगायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनहरुको खिल्लि समेत उडाउने कार्य भएको बिज्ञप्तिमा ठहर गरिएको छ ।

नेपाल आदिवासी जनजाति महासँघ नवलपुरका अध्यक्ष राम तामाङद्वारा हस्ताक्षरित बिज्ञप्तिमा स्थानीय आदिवासी जनजाति समुदायका सवालहरुलाई सम्बाद र आपसी समझदारीमा समाधान गर्न समेत अनुरोध गरिएको छ ।



सम्बन्धित
Loading...