कलेजो फेरिएकी बिरामी डिस्चार्ज
आधा कलेजो दिने र लिने दुवै आमाछोरी चितवन मेडिकल कलेजबाट डिस्चार्ज भएका छन् । कलेजो दान गर्ने छोरी पाँच दिन अगाडि र आमा १६ दिनपछि बुधबार डिस्चार्ज भएकी अस्पतालले जनाएको छ ।
भरतपुर–१० स्थायी घर भई हाल काठमाडौँ बस्दै आएकी ५४ वर्षकी धनकुमारी लामालाई उनकी ३४ वर्षकी छोरी उषा तामाङले कलेजो दिएकी थिइन् ।
चितवन मेडिकल कलेजमा विशेषज्ञ चिकित्सकहरु डा. सञ्जय यादव, डा. एकानन्द सिंह, डा. प्रविन जोशी, डा. जयन्तकुमार साह, डा. अभिषेक भट्टराई, एनेस्थेसियोलोजिष्ट डा. किरण अधिकारी, डा. सुरेश गौतम डा. नवीन यादव, हेपाटोलोजिष्ट डा. सागर पौडेल, डा. बरूण श्रेष्ठ, रेडियोलोजिष्ट डा. विज्ञान पौडेल, स्टाफ नर्स अन्जु थापालगायतका समूहले १२ घन्टा लगाएर कलेजो प्रत्यारोपण गरेको हो ।