शैक्षिकसंस्था बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस




स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैक्षिक संस्था बन्द गर्न सिफारिस गरेको छ । स्कुले बालबालिकामा नयाँ भेरियन्ट तीव्र गतिमा फैलिन थालेको भन्दै मन्त्रालयले शैक्षिक संस्था बन्द गर्न कोभिड–१९ ‘कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी’ (सिसिएमसी) लाई सिफारिस गरेको हो।

मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले पछिल्लो समय विद्यार्थीमा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै शैक्षिक संस्था अनलाइनबाट सञ्चालन गर्न अनुरोध गरेको बताए।




‘बिहीबारको संक्रमणलाई हेर्दा १७ प्रतिशतभन्दा बढी बालबालिका संक्रमित भएका छन्। हाल संक्रमण फैलिने ठाउँ विद्यालय देखिएको छ,’ डा अधिकारीले भने, ‘तत्काल नै विद्यालय बन्द गरिएन भने अवस्था भयावह हुनसक्छ।’ पछिल्लो समय १८ वर्षसम्मका उमेर समूहका विद्यार्थीमा संक्रमण बढ्दै गएको पाइएको छ। हालसम्म कुल संक्रमितमध्ये बालबालिकामा ७ प्रतिशत संक्रमण देखिएको छ।

https://www.youtube.com/watch?v=MiJLjAgEl40&t=1164s



सम्बन्धित
Loading...