बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघको अनुसार छापावाला सुन तोलामा ९ सय रुपैयाँले बढेर नेपाली बजारमा प्रतितोला ८९ हजार ९सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता,चाँदीको मूल्य तोलामा २० रुपैयाँले वृदि्ध भई प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
