राष्ट्रपतिबाट ४ मन्त्रीलाई पुनःनियुक्ति


माओवादी केन्द्रको कारवाहीका कारण पदमुक्त भएका ४ जना मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्ती अनुसार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा टोपबहादुर रायमाझी,उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट, सहरी विकासमन्त्रीमा प्रभु साह, र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशंकर चौधरीलाई नियुक्त गरिएको हो ।



उनीहरुलाई नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम नियुक्त गरिएको प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए ।

उनीहरुको अपराह्न ५ बजे शीतलनिवासमा शपथग्रहण कार्यक्रम राखिएको छ ।



सम्बन्धित
Loading...