गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै प्रदेशमा संक्रमितहरुको संख्या १६ हजार ८६८ पुगेको छ। लाईफ केयर एण्ड डायग्नोस्टिक प्रा. लि पोखरामा गरिएको परीक्षणबाट कास्कीको पोखरा महानगरपालिका वडा २, ८, ९, १२, १४ , १६ र १७ मा कोरोना पुष्टि भएको हो ।
त्यस्तै,निर्देशनालयले जारी गरेको दोस्रो विज्ञप्तिमा तीन जिल्लाका ३० जनामा संक्रमणको पुष्टि भएको उल्लेख छ।
क्षयरोग उपचार केन्द्र , पोखरामा गरिएको परिक्षण बाट कास्कीमा २६, बाग्लुङमा ३ र म्याग्दीमा १ गरी कुल ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सबै संक्रमितहरु कन्ट्याक ट्रेसिङबाट पहिचान भएका र आइसोलेसनमा व्यबस्थापन गर्ने तयारी भइरहेको विज्ञप्तीमा उल्लेख छ ।