महेसपुर भन्सार पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन अर्थमन्त्रीसँग माग
चैत्र २७ । उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीले महेसपुर भन्सारलाई पूर्ण क्षमतामा संञ्चालनमा ल्याउन आवश्यक व्यवस्था गर्न माग गरेको छ ।
अध्यक्ष केशव भण्डारीले संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेललाई भेटेर ज्ञापन पत्र बुझाउदै भन्सार पूर्ण क्षमतामा संञ्चालनमा ल्याउन र महेषपुरदेखि सदरमुकाम परासी हुदै सुनवल महलपोखरी गोठादी, कालीगण्डकी डाईर्भसन हुँदै पोखरासम्मको सडक विस्तारको लागि आग्रह गरिएको छ ।
नेकपा एमालेका जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य दिपेन्द्र अधिकारी सहितको टोलीले अर्थमन्त्री पौडेललाई पश्चिम नवलपरासीको विकासमा महेसपुर भन्सार पनि जोडिएकाले त्यस्को क्षमता विस्तारका लागि आग्रह गरेका हुन् ।
भन्सार कोड नहुँदा महेषपुर भन्सार हुदै औद्योगिक कच्चा पर्दाथ, मेसिन औजार लगायतका सामग्री आयात निर्यात गर्न नपाएको बताउदै तत्कालै कोड व्यवस्था गर्न माग गरिएको भण्डारीले बताए ।
त्यसैगरी महेषपुर भन्सारमा भन्सार गृह, भण्डार गृह, क्वारेन्टाईन चेक पोष्ट, खाद्य परिक्षण प्रयोगशाला सवारी पार्किङ्ग लगायतका आधारभुत पूर्वाधार निर्माण गर्न पनि माग गरिएको छ । मेहसपुर भन्सार छोटी भन्सारबाट मुल भन्सारमा स्तरउन्नती भएको धेरै वर्ष भईसके पनि भन्सारले ठूलो भन्सारको रुपमा काम गर्न सकेको छैन ।
https://www.youtube.com/watch?v=MiJLjAgEl40&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=5
