अन्तराष्ट्रिय तेक्वाण्डो प्रतियोगितामा भाग लिने नवलपुरका खेलाडीलाई विदाई गरियो
कावासोती । काठमाडौंको त्रिपुरेश्वरमा दुई दिनसम्म चल्ने अन्तराष्ट्रिय स्तरको तेक्वाण्डो च्यापेन्सिप प्रतियोगितामा भाग लिने नवलपुरका खेलाडीहरुलाई शनिबार विदाई गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति नवलपुरका आयोजनामा गरिएको विदाई कार्यक्रममा खेलाडीहरुलाई दोसल्ला र अविर लगाइदिएर विदाई गरिएको थियो ।
कावासोती तेक्वाण्डो डोजाङ्ग, हुप्सेकोट तेक्वाण्डो डोजाङ्ग र मध्यविन्दु तेक्वाण्डो डोजाङ्गका गरी करिब ३० जना खेलाडीहरुलाई विदाई गरिएको हो ।
जिल्ला खेलकुद विकास समिति नवलपुरका प्रमुख विष्णु श्रेष्ठको अध्यक्षतामा भएको विदाई कार्यक्रममा जिल्ला फुटबल संघ नवलपुरका अध्यक्ष सेतमान पुन, कावासाती नगरपालिकाका जनप्रतिनिधि आनन्द श्रेष्ठ, नवलपुर ट्याक्टर समितिका अध्यक्ष शिव गिरी लगायतले शुभकामना राखेका थिए ।
आइतबारदेखि हुने प्रतियोगितामा सहभागी हुनका लागि खेलाडीहरु शनिबार नै काठमाडौं प्रस्थान गरेका छन् ।


