स्याङ्जामा करेन्ट लगाई माछा मारिरहेका विवेकको करेन्ट लागेरै मृत्यु


भिरकोट नगरपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।



आधिँखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर भिरकोट नगरपालिका-७ लामाचौर बस्ने ३४ वर्षीय विवेक खाँणको शनिबार मृत्यु भएको हो ।

आधिँखोलामा मेनलाईनबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।




घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ ।



सम्बन्धित
Loading...