परिवार नियोजन संघ नवलपरासीको साधारण सभा
नवलपरासी । पश्चिम नवलपरासीको परासीमा नेपाल परिवार नियोजन संघ शाखा पश्चिम नवलपरासीको २६ ओैं साधारण सभा भएको छ ।
सभाको प्रतिनिधि सभा सदस्य एवम् नेपाली काँग्रेसका नेता देवेन्द्रराज कंडेलले उद्घाटन गरेका थिए ।

नेपाल परिवार नियोजन संघ पश्चिम नवलपरासी शाखा अध्यक्ष सुबाँस अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका संयोजक शिवशंकर राय लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सभामा पश्चिम नवलपरासीका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।