गैडाकोट पुग्यो देवचुली मेयरकपको फाइनलमा





नवलपुर । देवचुली नगरपालिकामा संचालित दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता २०७७ मा गैंडाकोट फुटबल क्लब विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।

देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र फारम खेलकुद विकास समितिको सह आयोजनामा वरचुली मा. वि. को खेलमैदान फारममा आज गैंडाकोट फुटबल क्लबका विरुद्ध अभिषेक चर्च रजहरबिच भएको सेमिफाइनलको निर्धारित समयको खेलमा २-२ को बराबरी गोल हुँदै ट्राईबेकरमा गैंडाकोट फुटबल क्लब ४-३ गोल अन्तरले विजयी भएको हो ।




खेलमा गैंडाकोट फुटबल क्लबका सुमन मगरले २ गोल गरेका थिए भने अभिषेक चर्च रजहरका तर्फबाट निरज चौधरी र सुशील यादवले १/१ गोल गरेका थिए। आजको खेलमा गैंडाकोट फुटबल क्लबका गोलरक्षक विधान बोहोरा म्यान अफ दि म्याच भएका थिए।

नवलपुर जिल्लाका १६ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख ५० हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ७५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । सेमिफाइनलमा पुग्ने टिमले रु २० हजार प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । भोली सेमिफाइनलको अन्तर्गतको दोस्रो खेल केउरानी युवा क्लब र भानु युथ एकेडेमीबिच हुने खेल संयोजक विष्णुकुमार वाग्लेले जानकारी दिनुभयो ।




सम्बन्धित
Loading...