देवचूली ९ को निशुल्क आयुर्वेद शिविरमा २ सय ५० बढीले लाभ लिए
कृशला सापकोटा –

देवचूली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ९ विशालटारमा भएको निशुल्क आयुर्वेद विशिरमा २ सय ६६ जनाले सेवा लिएका छन् ।
देवचुली ९ का वडाध्यक्ष मेखबहादुर सारूको अध्यक्षता भएको निशुल्क शिविरको देवचुलीका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।
देवचुली ९ वडा कार्यालयको आयोजनामा भएको शिविरमा सुगर, प्रेसर, महिलाका विभिन्न रोगहरु, थाइराइड, श्वासप्रश्वासमा समस्या भएका विरामीहरुले लाभ लिएका थिए ।
शिविरको उद्घाटन कार्यक्रममा देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारी, स्वास्थ्यकर्मीहरु लगायतले आयुर्वेद ओषधिको महत्व बारे प्रकाश पारेका थिए । शिविरमा डा. चन्द्रकान्त ज्ञवाली र डा. सुजाता शर्माले सेवा प्रदान गरेका थिए ।
https://www.youtube.com/watch?v=T06Xfj6KfYk&t=15s
