नेपालमा दैनिक ११ हजारमा काेराेना संक्रमण देखिन सक्छ
असारसम्ममा नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमण उच्च विन्दुमा पुग्न सक्ने अनुमान गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असारसम्म ६ लाख कोरोनाका सक्रिय संक्रमित पुग्न सक्ने अनुमान गरेको हो ।
आयोजित पत्रकार सम्मेलनमा मन्त्री स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले दैनिक ११ हजार कोरोना संक्रमित थपिन सक्ने बताए ।
भयावह अवस्था आउन नदिन सरकारले प्रयत्न गरिरहेको उल्लेख गर्दै उनले भने, ‘अब दैनिक ११ हजार पुग्न सक्ने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण छ ।’
संक्रमितको उपचारका लागि सबै अस्पताललाई तयारी अवस्थामा राख्न अहिले उपकरण र सुरक्षा सामग्रीको रेकर्ड संकलन गर्ने काम समेत भइरहेको मन्त्री त्रिपाठीले जानकारी दिए।