महेशपुरमा मंगलवारदेखि नौ दिन महायज्ञ
रामकरण हरिजन –
परासी १ बैशाख । पश्चिम नवलपरासीको पाल्ही नन्दन गांउपालिका वडा नं १ महेशपुरमा जय मां कोटही माई समितिले सत्तचण्डी महायज्ञ गरेको छ ।
महेशपुरमा मंगलवारदेखि सत्तचण्डी महायज्ञ सुरु भएको हो ।
सत्तचण्डी महायज्ञको कलश यात्रा महेशपुरदेखि सुरु भएको थियो ।
कलश यात्रा महेशपुर अमानीगंज चम्कीपुर बडकी सुनरी रमपुरवा लगायतका नगर परिक्रमा गरी बाजागाजाका साथ भएको थियो ।
सत्तचण्डी महयज्ञमा नौ दिनसम्म हुने भएको छ । यस महायज्ञमा प्रविण आचार्यले प्रवचन दिएका छन् ।