खोलाको बगरमा लगेर नाबालिकामाथि बलात्कार


नयाँ वर्षको दिन राति मकवानपुरमा नाबालिकामाथि बलात्कार भएको छ।हेटौडा उपमहानगरपालिका-६ पुतलीबजार नजिकै रहेको खहरे खोलाको बगरमा एक नाबालिका बलात्कृत भएको प्रहरीले जनाएको छ।




ती नाबालिकालाई उनकै केटा साथीले राति साढे १० बजे बलात्कार गरेको र उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका-२३ का २१ वर्षीय विशाल पासवान रहेका छन्। उनी हेटौडा उपमहानगरपालिका-६ मा डेरा गरी बस्थे।

प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार ती युवालाई हिरासतमा लिई अनुसन्धान थालिएको छ। नाबालिकाको स्वास्थ्य परीक्षण गर्न पठाइएको छ।







सम्बन्धित
Loading...