सुनौलो हजार दिनका आमालाई कुखुराको चल्ला वितरण




देवचुली । पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा गर्भवती महिला र सुत्केरी महिलाहरुलाई कुखुराको चल्ला वितरण गरेको छ ।

देवचुली नगरपालिका वडा नं ५ का सुनौला हजार दिनका २५ जना आमाहरुलाई पोषणयुक्त खाना अन्तरगत प्रतिव्यक्ति ५ वटा कुखुराका चल्ला, कुखुरालाई दानापानी दिने भाँडा र कुखुराको खोर बनाउन २ हजार रुपैयाँ वितरण गरिएको हो ।



देवचुली नगरपालिका, युनिसेफ, युरोपियन युनियनको सहयोगमा पशु सेवा शाखा देवचुली नगरपालिकाको आयोजनामा भएको अनुदान वितरण कार्यक्रममा देवचुली ५ का वडा अध्यक्ष शिवलाल सापकोटाले सामग्रीहरु वितरण गरेका थिए ।

 



सम्बन्धित
Loading...