अर्घाखाँचीकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु




३ वैशाख, बुटवल । अर्घाखाँचीकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ ।

अर्घाखाँचीको शीतगंगा नगरपालिका–३ की ७० वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्‍चालित कोरोना विशेष अस्थायी अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो ।




चैत २९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएकी महिलामा ज्वरो र श्वास-प्रश्वासको समस्या रहेको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।

पछिल्लो एक हप्तामा यसअघि कोरोना विशेष अस्पतालमा चारजनाको मृत्यु भइसकेको छ ।



सम्बन्धित
Loading...