बस र टिप्पर एक आपसमा ठोकिँदा ५ जनाको मृत्यु, सात जनाको अवस्था गम्भीर
बस र टिप्पर एक आपसमा ठोकिँदा ५ जनाको मृत्यु र सात जनाको अवस्था गम्भीर रहेको छन् ।
सुर्खेतबाट धरानतर्फ जाँदै गरेको मे १ ख ३३४७ नंम्बरको यात्रुबाहक बस र कोहलपुरतर्फ आउँदै गरेको अनटेस्ट मालबाहक टिप्पर शुक्रबार साँझ ६ बजे रोहिणी खोलानजिक एक आपसमा ठोकिदा ४ पुरुष सहित एक महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
दुर्घटनामा परी टिपरका चालकसहित दुई जना र बसमा सवार तीन जना गरी पाँच जनाको मृत्यु भएको हो । सुर्खेत साटाखानी निवासी जीवन कुमार न्यौपानेको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य चारजनाको उपचारको क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।
घाइतेहरुलाई कोहलपुरस्थित शिक्षण अस्पतालमा पुर्याईएको छ । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर, र २० जनाको सामान्य अवस्था रहेको प्रहरी नायव उपरीक्षक खनालले बताए ।
पूर्णरुपमा क्षतिग्रस्त बस र टिप्परभित्र रहेका घाईतेहरुको उद्धारका लागि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।